Advertisement

मलाई असफल बनाउन ठुलो गिरोह लागेको छ || TOUGH talk with Dil Bhusan Pathak

मलाई असफल बनाउन ठुलो गिरोह लागेको छ || TOUGH talk with Dil Bhusan Pathak एउटा कुसल व्यवस्थापक नेतृत्वमा रह्यो भने उसको उपस्थितिले कति फरक पार्दो रहेछ त ? भन्ने दृश्य यो तीन बर्षको अवधिमा देखिएको छ । नेपाल विद्युत् प्राधिकारणको प्रमुख व्यवस्थापकमा कुलमान घिसिङ नियुक्त भएपछि उहाँले लोडसेडिङ मात्र हटाउनु भएन, विद्युत् उत्पादन, वितरण र व्यवस्थापन लगायतका क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्नुभएको छ ।
राजनीतिक तथा प्रशासनिक दवाव झेलेरे भएपनि तीन बर्षमा विद्युतीय उर्जाको क्षेत्रमा गरेका सुधारले उहाँ सबैको मन जित्न सफल हुनुभएको छ । तर हालै मात्र उहाँ माथि संसदभित्रैबाट भ्रष्टाचार गरेको आरोप लागेको छ । जसको प्रतिवाद गर्दै उहाँले आरोप पुष्टी गर्न चुनौती दिनुभएको छ ।
झण्डै २५ बर्षदेखि विद्युत् प्राधिकरणमा काम गरिसक्नु भएका उहाँलाई विगतमा चिलिमे जलविद्युत् आयोजनालाई सफल बनाउन श्रेय पनि जान्छ । त्यही पृष्ठभूमिमा उहाँले २०७३ सालमा चार बर्षका लागि प्राधिकारणको प्रमुख व्यवस्थापक (म्यानेजिड डाइरेक्टर)को नियुक्ति पाउनु भयो ।
त्यसपछिको तीन बर्षका अवधिमा विद्युत् क्षेत्रमा लोडसेडिड अन्त्य बाहेक के केमा सुधार गर्नुभयो ? प्राधिकरणमा बस्दा कस्ता खालका राजनीतिक र प्रशासनीक दावव झेल्नु पर्यो ? के नेपाल अब उर्जामा आत्मनिर्भर हुनसक्छ ? हालै उहाँ माथि लागेको भ्रष्टाचारको आरोप के हो ? रोकिएका वा ढिला भइरहेका विद्यतु आयोजना सञ्चालनका लागि उहाँ कस्तो पहल गर्दै हुनुहुन्छ ? जलस्रोतको धनि देश भनिरहँदा पनि हामी नागरिकले चाँही किन महँगो मुल्यमा बिजुली किन्नु पर्छ ? यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, नेपाल विद्युत प्राधिकरणका म्यानेजिङ डाइरेक्टर कुलमान घिसिङ ।
#TOUGHtalk #Kulman_Ghising #Dil_Bhusan_Pathak
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:
Twitter:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:

TOUGH talk,Dil Bhusan Pathak,Kantipur Television,Himalaya Television,Talk Show,Nepal,Fireside,Disanirdesh,Tamasoma Jyotirgamaya,Sidha Kura Janta Sangha,Ravi Lamichhane,

Post a Comment

0 Comments